काँचो कविता

कवि
कवि

चरण बजगाईँ
भर्जिनिया, अमेरिका

लोकप्रियता, अज्ञानता, अनजान तनको काँचो कविता
भाव बिच खोजे राजै भिन्नता, मनको साँचो कविता

रसाउँदछन् कुमनहरु अश्लील जरीला दुरभावमा
फसाउँदछन् कोही आकंक्षाले पत्तो लाउँदा सुभावमा

फसे ऋषी, ईश्वर भक्त काम-बासनाको राग छरियो
साधरण लाग्छन् कतिद्वारा असफल, सफल गरियो

प्यास नलाग्दै पानी त्याग्दा क्षणिक शुरो हुनेको नि
घमण्डको पासो बेरी प्रतिफल ज्यानै पो तुहिन्छ नि

गर्न सक्नन् कति कार्य सिफारिस लिएर के भयो त्यसको?
लगानी चाहिँदो हुँदैन किन जुन थालनीको योग्यता उसको?

काँचा छन् पैसावाल, काँचै छन् समाजका जिम्मेवारहरु कति
राज्यका ठेकेदार फुले तर कलिलैछ दिमागी चेतनाका गति

कतिलाई एउटा राज्य भारी कोहीलाई साम्राज्य सानो भो
जवानलाई यन्त्र भो संसार बुढो सोचलाई देश नै गानो भो

Leave a Reply

Your email address will not be published. Required fields are marked *