काँचो माटो र कालिगड

* तुम्बेहाङ लिम्बू

मेरो हातमा
अलिकति काँचो माटो छ
उसको हातमा पनि
अलिकति काँचो माटो छ
यस माटोको लुम्सोबाट म
सुन्दर–सुन्दर फूलबुट्टा र आकृति
कुँद्न चहान्छु
उसले पनि उसकै मनको मनोरमा
पस्कन चहान्छ;
हामी दुइ अजङ्गका कालिगड
आज हामी बीच भीषण प्रतियोगिता छ
प्रतियोगिताको प्रसुति व्योमबाट
मैले एउटा नयाँ संसार जित्नुछ ।
काँचो माटोबाट म
सुन्दर आकृति सृजाउन चहान्छु
तर उसले कुरूप संसार निर्माण गर्छ
म प्रेमको पहाड सजाउन चहान्छु
तर उसले घृणाको सागर उराल्छ
म भाइचाराको फूल फूलाउन चहान्छु
तर उसले बेमेल र अनियमितता वर्षाउँछ
मैले जीवन र जगतको रङ–रोगन पोत्दा
उसले प्रलय र समाप्तिको ताण्डव नाच्छ
अब तपाईं भन्नुहोस् !
तपाईं काँचो माटोबाट के बनाउन चहानु हुन्छ !…

Leave a Reply

Your email address will not be published. Required fields are marked *