कार्यक्रम स्थगित गरिएको जानकारी

आदरणीय महानुभावहरू,
साहित्य परिषद भूटानले मार्च २२ का दिन आयोजना गर्ने भनिएको कृति विमोचन, सम्मान र कविता वाचन कार्यक्रम कोरोना भाइरसको कारण स्थगित गर्ने निर्णय गरेको आयोजक समिति विनम्रताका साथ यहाँहरूलाई अवगत गराउन चाहन्छ । राज्य सरकारले १६ मार्चदेखि स्कुल, कलेज, विश्वविद्यालय र सार्वजनिक स्थलहरू पनि ३ साताका लागि बन्द हुने घोषणा गरेको र भाइरसको प्रकोप पनि तीव्र गतिमा बढ्दै गएको प्रतिकूल स्थितिलाई मध्यनजर गर्दै साहित्य परिषद्को पूर्व उद्घोषित कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरिएको हो । स्थिति अनुकूल हुनेसाथ पुनः कार्यक्रमको तिथि,मिति र स्थानबारे यहाँहरूलाई पुनः जानकारी गराइने छ ।

धन्यवाद
आयोजक समिति
साहित्य परिषद्,भूटान
कोलम्वस
मितिः३/१३/२०

#नोट: कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिरहेको यो सङ्कटकालमा सम्पूर्ण सर्जक, शुभचिन्तक  साहित्य प्रेमीहरू तथा समाजका सम्पूर्ण महानुभावहरूमा सतर्कता अपनाउन र सुरक्षित रहन साहित्य परिषद् भूटान विनम्र अनुरोध गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *