कालको युग आयो

इन्द्र प्रकाश खवास
नर्थ क्यारोलिना, अमेरिका
जगर वगर गाउँबस्ति पाखा पखेरो
चहुर पर भिरालो छैन खाली गठेरो ।
दउरि कुदि लखेटीएकले एक खायो
अब त विधि हरायो कालको युग आयो ।।
पशु पनि पशुकै त्यो भेष भाषा पुकार्छन्
खगगण नभ कुद्ने मात्रि भाषा सुसेल्छन ।
समय खिइसके लौ हेर आफ्नो सुबाणी
विलिन विहिन भैगो कालको युग आयो ।।
स्वजन पर कसैको छयानवीछयान छैन
उदर भरन मात्रै अन्यको ध्यान छैन ।
यति त अरू म जोड्छु खालि मेरो छ पालो
विनय सब सकियो कालको युग आयो ।।
म सरि अरू न जागुन् ढुक्क मैलाई चैन
हरि गुडि सबमा लौ ज्ञानको लेस छैन ।
नयन तल खसाली हेर्न छोड्यो दुनियाँ
हरि ! हर ! अब साँच्चै कालको युग आयो ।।
जिवन वन सरी भो मर्यदाले विहीन
मनुज मति कता गो भित्र भित्रै चईन ।
अवनि गगन जोडने फुर्तिको घुर्कि आयो
शिव ! शिव ! अब खालीकालको युग आयो ।।