केही रुबाईहरु

JN Dahal (2)जे.एन दाहाल
मासाचुसेट्स अमेरिका

निदाउन सकिन म , लास देखेँ सपनीमा
भोका अनुहारहरुको त्रास देखेँ सपनीमा
पुरै संसारमा ,एक्लै भए जस्तो लाग्दा
सायद जिन्दगी उदास देखेँ सपनीमा।

डाडाले घामलाई डाकी सक्यो
बादलले आकाश ढाकी सक्यॊ
सानोमा बालुवा खेल्दा भन्थे
आऊ श्रीमती भात पाकिसक्यो।

भाषा अनि भाकाहरु ओझेलमा पर्या छैनन्
त्यसको श्रेय उच्च नै छ मुनि झर्या छैनन्
रेडियोमा एउटा आवाज जतिञ्जेल बझिरन्छ
मेरा लागि फत्तेमान त्यतिन्जेल मर्या छैनन्।

 

 

One Reply to “केही रुबाईहरु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *