केही रुवाईहरु

अर्जुन प्रधान

अर्जुन प्रधान
मिनिसोटा, अमेरिका

एउटा देउता नभएर वियोगी भएछु
एकान्तमा साधक भएर योगी भएछु
यस्तै हुन्छ गरिब, दु:खीको प्रेममा भने
हरेक संसारमा रम्ने सहयोगी भएछु

म जहाँ छु , जेमा छु राम्रो ठाँउमा छु
सबले भनिआएको सुन्दर गाँउमा छु
एकले अर्कोलाई नचिन्ने कस्तो परिवेश
सबैले प्यारमा बोलाउने काले नाउँमा छु

अब कसो गरी जिन्दगीको यात्रा तय भो
उकाली–ओरालीमा पुरान गित दय भो
चल्छ जिन्दगानी उस बेलादेखि यस बेलासम्म
बाटा–घाटामा भेट हुदाँ सबै मिली परिचय भो

४.

खुल्ला सडकबिच मलाई वाह भन्दै गर
भावनाको तस्बिर सजाइ विवाह भन्दै गर
मानब संसारमा धर्म कर्म गर्दै गर्नुपर्छ
अरुले नै लैजाला त्यसमा सेवा भन्दै गर

५.

जीवन जिउन उनले भनिन् आधा–आधा
रत्तिभर चढी उनले भनिन् बाधा–बाधा
जे सुकै होस् मैदानमा पुगेपछि
कृष्ण जीलाई चाहिने प्रेमलिला राधा–राधा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *