के के भयो के भयो ?

कवि
कवि

इन्द्र प्रकाश खवास
नर्थ क्यारोलिना, अमेरिका

वेसीलेक तराइ, घेरिइसक्यो आवादिले जेलियो,
आफ्नो को र पराइख्याल नहुने अन्योलमा हेलियो
खेदीए निमुखा सुखा बिरसिला वार्ता चले लोकमा,
के के भो भनिसाध्य छैन दुनिया के के भयो के भयो ।

भाषा, भेष भुषा विचित्र रँगियो ढाँचा बढे सत्वर,
आफ्ना पुर्वजका रिती विहिन भै चम्क्यो नयाँ जर्जरा
आँशूका कति नेत्रमा टलपल सम्झी पुरानो कथा,
यो दोसाध नगीच जीवन भुलो उत्सर्ग हाम्रो जेथा ।

छैनन् बाँकि विशेष क्यैअवयता सर्वाङ्ग नाङ्गो भयो
चल्छ दैनिकलूटपाट सपती बेसुध जस्तै भयो,
खै काँ गो  अघिको विवेका बुझने मष्तिस्क शून्यै भयो
खाली निमर्मता बढो सुजनताले शुस्क धर्ती भयो ।

सारासार समापभो वलवुता चुलुम्र्म भो सागर
ज्यौदो मृत्यु भयो लुरुबुरु कतै निस्तेज भयो जाँगर
बाटो छैन आगाडि जान परखाल् छेक्ने तगारो भयो
बस्ने बास कहाँ अथाह  अवता के के भयो के  भयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *