के सम्भव छ ?

यूवराज बराल

संसारीक रीतले पोतिएको जीवन
प्राकृतिक हितले सोचिएको जीवन
घरायसी प्रितले सिंगारिएको जीवन
पौरुषत्व चित्तले गर्जिएको जीवन
साथीत्व मीतले गुन्जिएको जीवन
वन्धुत्व कृतले फैलिएको जीवन
के सम्भव छ ?
त्यो, जुन कल्पनामा कल्पने कपोलकल्पित
शिखरका लहरहरु झैं
आफैं तैरिन्छन् अनि
शनै–शनै आफैं मेटिन्छन्
न नौलो आयामको सृजना,
न नौलो परिचयको मार्ग दर्शन नै
लाग्छ फेरि,
ब्रमाण्डमा नै म हराए जस्तो
अवाक छु म
अनि
सृजित विचारहरुमा
अटल छु म
तर …………
फेरि जीवनले नयाँ पल्लवको आँकुरा
वसन्तको आगमनमा
संकलन गर्न सम्भव छ र ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *