क्यानभाष

कवि

डम्बर घिमिरे
सल्सबरी, दक्षिण अष्ट्रेलिया

 

कुचिएर क्यानभाषहरु
लघ्रक्क झुण्डिका छन्, क्यानभाषभित्र
स-साना किरिङ मिरिङ
ताराहरु नभमा अस्ताई
कालो बादलले ढाकेको
वरिपरि कालो पोतिएर
विक्षुब्ध छ त्यो अधुरो क्यानभाष

कुना काप्चा धेर मान्छेका टाउकाहरु
हुल बिथोल्दै पारि क्षितिजमा
देखिन्छ रगतले पोतिएको
कफनले बेरिएको त्यो मुर्दा
टिलाको खोजीमा छ
निस्तब्ध त्यो अधुरो क्यानभाष

विभिन्न छालहरु तरंग्याएर
सजाएको त्यो क्यानभाषमा
क्षितिजपारि उभिएको चितामा
विलासी लालची र पाखण्डी
द्रव्य पिशाच त्यो मुर्दा
टिलासाथ लिएर सुतिरहेको छ
त्यो देखि वसन्त निस्तब्ध छ, अलौकिक छटा देखाउछ
टोलाइ रहेको छ, अतृप्त
गर्जनाहट गर्जिरहेका छन् बादलहरु संघारमा
द्रव्य पैसाचिकताको दर्शन त्यो अधुरो क्यानभाष

[अन्तराष्ट्रिय नेपाली साहित्य समाज, एडिलेड र दक्षिण अष्ट्रेलियाको भूटानी संगठन (बासा) द्वारा एडिलेडमा आयोजित भानु जयन्ति समारोहमा वाचित कविता- सं.]

Leave a Reply

Your email address will not be published. Required fields are marked *