क्रिसमसको शुभकामना

क्रिसमस, इसाई धर्म अवलम्बीहरुको महान् पर्व हो । क्रिसमस हरेक वर्ष २५ दिसम्बरमा जिजसको जन्मको स्मरणमा मनाइने गरिन्छ । विश्वका अनेक देशहरूमा क्रिसमसलाई एक महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक पर्वका रूपमा लिइन्छ । जिजसको महिमागान, सामाजिक भेला र सेवाहरूको आयोजना, उपहारहरूको आदान–प्रदान, विशेष सजावट, खाद्यान्न र साङ्गीतिक सम्मिश्रणले भरिपूर्ण क्रिसमस उल्लास, उत्साह र उमङ्ग भरेर आउने गर्दछ ।

क्रिसमसको उपलक्ष्यमा हामी इसाई धर्म अवलम्बी परिवार, मित्रजन र जनसमुदायमा हार्दिक मङ्गलमय शुभकामना प्रकट गर्दछौँ ।

साहित्य परिषद् भूटान

Leave a Reply

Your email address will not be published. Required fields are marked *