क्षितिज बदलिएन !
सञ्चमान खालिङ
अमेरिका
पहेँलो घाम टाउकोमा बोकेर
हलोजुवा काँधमा
अनि हलगोरु अघि लाएर
घर फिर्दै छन् तल्ला घरे साइँलाहरु
मैझारो मान्दै आनन्द मनभरि
गाडीघोडा त के
पैतालामा चप्पलसम्म छैन
ओहो ! रेड ट्राफिक लाइट पो रहेछ
ब्रकेमा खुट्टा हालें
अफूलाई हेरें
जागिर छ
सुट, टाई, मोबाइल, कार सबैथोक छ
तर छैन सन्तुष्टि
जुन अघिको त्यो साइँलासँग छ
दाई कबिता मिठो लाग्यो । अरु पनि