खाता अर्थात् कापी !

JN Dahal is our author based in Pennsylvania, USA. He is one of the editors of Bhutaneseliterature.com.

 जे.एन. दाहाल 
पेन्सिल्भेनीय, अमेरिका

 

मलाई थाहा छैन
आफ्नो खातामा कति दिन लेखिएको छ
या उसले अरूको खातामा
अदृश्य क-कति दिन लेखेको हुनसक्छ
मस्तिष्क भरी भोक छ पढाइको
मन भरी शोक छ लेखनको
पढ्छु ,लेख्छु, मेट्छु फेरी लेख्छु
यसलाई भलै हतारको लेखन बुझियोस्
या
रहरको कथनको रूपमा सम्झना गरियोस् ।

हिजो यही खाताका कति दिन
तातो बाफिलो हाई काढेर बिते !
अहिले केही चिन्तन र चिन्तनशील बनी वित्दैछ
भोलि सम्झी लेख्नु छ कथा, निबन्ध, उपन्यास हतार मै
खातामा उसले कोरेको त्यो अन्तिम पाना आउनु अघि !
मनका भावना उतार्नु छ
समाज, सम्बन्ध र व्यवहारका हरेक अनुभूति फोर्नु छ
कुनै मोडमा ‘हतार’ प्रवेश नहुँदो हो त
आजसम्मका शब्द चित्रमा म हुने थिइन कि!

(नोट: चलन चल्तीको शब्द ‘कापी’लाई  भूटानी समाजमा खाता भनिन्छ-  कवि)

Leave a Reply

Your email address will not be published. Required fields are marked *