गजल-३३३
झगेन धिमाल
अस्ट्रलिया
तिमीले मेरो मैले तिम्रो, मुटु साटे कसो होला?
सयौं जूनी नचुटिने, दाम्लो बाटे कसो होला?
हिंड रमाऊं त्यो गैरीमा, न कसैले देख्छ त्यहाँ
बाउ-आमालाई पढ्न जाने, भनी ढाँटे कसो होला?
आउ बसौं अँगालोमा, अनी साटौं मनका कूरा
पालै-पालो एकअर्काको, गाला चाटे कसो होला?
फर्किएर आउँदैन हेर, यो वैंसालु जोवन फेरी
वैंसको नसा पिऊंदै, मस्त माते कसो होला?
डराऊनु हुन्न कान्छी, माया-प्रिती गाँस्न यहाँ
देखी हाले यदी कसैले, डाँडा काटे कसो होला?