गजल-१३८

हरि पराजुली
साउदी अरबिया

मोति हरायो बालुवामा टुकी बालेर के पायौ ?
अन्त नहुने कार्यहरु अब थालेर के पायौ ?

मन भत्काएर जोडेर स्वार्थ का देवलहरु
फटायौ आफै जता-ततै अनि टालेर के पायौ ?

सुगन्धित फूल भन्य, लगायौ र ओइलाएपछि
दुर्गन्धित भनेर करीमा फालेर के पायौ ?

तिम्रो सामु धेरै साल शितलता दि’ उभिएपछि
अजंगको बुढो रुख भनेर ढालेर के पायौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *