गजल-१०६

दुर्गा निरौला
न्यूयोर्क, अमेरिका

आज राती सपनीमा स्वदेशमा भा’ को सम्झें
साँझबिहान गाईगोठ गा’ को अनि आ’ को सम्झें

विवशताले गल्हत्याएर धेरै टाढा भए पनि
आफ्नो गाउँका वनपाखाले माया ला’ को सम्झें

घरै उजाड़ वनै उजाड़ यथार्थमा भा’ को होला
त्यस बेलाको ऐंसेलु र ठोट्ने डुकु खा’ को सम्झें

स्वतन्त्रताको तुलनामा परतन्त्र तीतो रै’ छ
पुलिसले गोली ठोक्दा ठूलो मुख बा’ को सम्झें

व्यस्त छु परिवेशमा भएर निः छैन भा’ छ
स्वदेशमा हाँस्तै खेल्दै लेक-बेंशी धा’ को सम्झें

Don't have a Facebook account? Please, use the form below with other options!