गजल: ११३

गजलकार

धर्मेन्द्र तिम्सिना “क्षितिज”
आइडाओ, अमेरिका

मानस अनि सुनकोश खोला रुँदैछ रे मेरो देशमा
बादल – पनि आँसु – बनि चुँदैछ रे मेरो देशमा

हरियाली डाडापाखा मलिलो त्यो खेत पनि
मलाई सम्झी मरुभूमि हुँदैछ रे मेरो देशमा

गद्दारहरुले देशको इज्जत छानी छानी लुटेपछि
जुमोल्हारी , कुलागांग्री रुदैछ रे मेरो देशमा

साबड्रुंग नवांग नामग्यालको नासोलाई कुल्चिएसि
सर्भांग, पारो, हा, छुकाकुंदैछ रे मेरो देशमा

आमालाई लात हान्दा भक्कानिएर राभन चरी
रुँदै – रुँदै आफ्नो छाती छुंदैछ रे मेरो देशमा

आफ्नो आयु लम्ब्याउन जिग्मे खेसार वांग्चुक पनि
भारत सामु अस्तित्वलाई धुँदैछ रे मेरो देशमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *