गजल-११६

गजलकार

झगेन धिमाल
मेल्बोर्न, अष्ट्रेलिया

माइलीको भट्टीमा रक्सी अनि सुकुटी खाएको सम्झ
कानमा कुन्डल अनि त्यो ‘भित्ती’ पेन्ट लाएको सम्झ |

कति चांडै बिर्सेको त्यो भाते जाँड र कोदाको तुंग्बा ?
गाँजा खाँदै त्यो चौतारीमा गीत गाएको सम्झ |

चिप्लो रोड अनि चिप्लो कारमा गुड्दै जाँदा
मातिएर लडीबडी, त्यो धुले रोडमा धाएको सम्झ |

विदेशी बियर अनि वाइनमा चुर्लुम्म डुबेको बेला
त्यो छाप्रोमा आधा जीवन दु:ख पाएको सम्झ |

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *