गजल-१२१

ओम खोरिया खनाल / न्यूयोर्क, अमेरिका

जिन्दगीको गोरेंटोमा सम्झनाको साँध थियो
अझ भुल्न गाह्रो लाग्छ तिम्रो ठूलो साथ थियो

ढल्न खोज्थें कता-कता दोबाटोमा पाइला पर्दा
लड़्न नदिई ढक्क थाम्ने तिम्रो दरो माथ थियो

डोर्‍याउँदै अँधेरीमा धेरैपटक हिड़ेउँ पनि
न्यानो माया चस्स छुने तिम्रो कोमल हात थियो

नसा नपिई लर्बरिने मेरा जीवन पाइलाहरू
मूलबाटोमा हिँड़ाउने केवल तिम्रो बात थियो

माया-प्रेमका मीठा गीत मैले धेरै गाए पनि
तिम्ले बोल्ने एउटा शब्द मेरा लागि लाख थइयो

जिन्दगीको गोरेंटोमा सम्झनाको बाँध थियो
हाम्रो यात्रा शुरु हुँदा अन्धकार रात थियो

Don't have a Facebook account? Please, use the form below with other options!