गजल-१२२

गजलकार

झगेन धिमाल
मेल्बोर्न, अष्ट्रेलिया

भानु तिमी हामीमाझ अर्ती, ज्ञान र उपदेश लिएर आउ
शब्द शब्द उन्दै, मीठा मीठा कविता सिएर आउ ||

आलै छन् झै पनि त्यो रामायण अनि ती कविताहरु
अझै धेरै मिठास छर्न झनै धेरै खिएर आउ ||

सुनसान छ यो आजको युग ‘भानु’ तिम्रो शून्यतामा
यो अन्धकार छेक्न ज्ञानको उज्यालो प्रकाश दिएर आउ ||

तिम्रै सम्झनामा आज, पुज्दै छौँ ती लेख अनि तस्बिरहरु
बरु देखाइदेउ चमत्कार अनि अन्तिम पल्ट जिएर आउ ||

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *