गजल-१२७
नील खड्का
काठमाडौं
मायाले आँखा, तरे नि राम्रो !
रिसाउँदै ओरालो, झरे नि राम्रो !!
टाँसिन खोज्ने, चाहना मेरो !
लजाउँदै पर, सरे नि राम्रो !!
मिलाइ मौका, अंगालो हाल्दा !
झोक्किँदै गाली, गरे नि राम्रो !!
रुनलाई किन, चाहिन्छ निहूँ !
आँसुले गह, भरे नि राम्रो !!
फकाउन अनेक, प्रपन्च गर्दा !
मस्किँदै मुस्कान, छरे नि राम्रो !!
सधैं खुसी, पाइयोस् देख्न !
पीर जति मैलाई, परे नि राम्रो !!