गजल-१३०
दाह्री काटिसकेपछि, पनि उनको याद आउँछ
दाह्री थोरै बढ्छ फेरि, अनि उनको याद आउँछ
बिर्सिनेलाई बिर्सनलाई, पनि अति गाह्रो भयो
सम्झिन्न म कालीलाई, भनी उनको याद आउँछ
उनीलाई थाहै नहोस् भन्ने लाग्छ यौटा कुरा
कुरा के हो भने उही, छ’नि उनको याद आउँछ
उनलाई भुल्न उनले दे’क़ा, पीडा पनि गनी हेरें
पीडा भित्रै खुशी गनी, गनी उनको याद आउँछ
आफैंलाई सम्हालेर , मुटु छेड्ने गाली गरे
बिर्सिन्छु म जाऊ भने, र’ नि उनको याद आउँछ