गजल ५३२
माया भट्टराई
अमेरिका
सम्झिन्छु देश र लाग्दछ डर, कवि मन न हो
पुगिहाल्छ आफ्नो गाउँघर, कवि मन न हो
डढेलोले उता गाउँ सखाप पार्यो, विनाश गर्यो
गएन सरकार बरु गयो नजर, कवि मन न हो
आउँछ सपनामा ढुङ्गे धारो,जहाँ मेरो चिनारी थ्यो
आउँदैन गोरेटो सोध्न खबर, कवि मन न हो
आमाको काख खोसिएदेखि, यहिमात्र सोच्छु
रोकियो जन्मभूमि टेक्ने रहर, कवि मन न हो
कयौँ चोटि मरिसकेको छु, बिचारसँग युद्ध गर्दा
कलम बाहेक केही छैन भर, कवि मन न हो