गजल-१३२

राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
मन पर्ने मान्छेले नै, दाई भनेपछी ।
प्रस्ताव राख्दा खेरी, नाई भनेपछी ।।
मन जस्को पनि त, दुखिहाल्छ नी
दुःख पर्दा खेरी, बधाई भनेपछी ।।
औकात हजुरको, बल्ल थाहा होला
पुग्दैन उसले…, कमाई भनेपछी ।।

जलिरहेकै मुटु, देख्दा देख्दै पनि
झन जलाउन, सलाई भनेपछी ।।

मायाँ गर्ने मेरो, अर्केछ भनिकन
जब उस्ले मलाई, पराई भनेपछी ।।

Don't have a Facebook account? Please, use the form below with other options!