गजल-१३४
संझनामा फेरी त्यही रात आयो
शरदको मिठास प्रभात आयो
बेलगाम यो मन बहकिएर
अनयास कस्तो बात आयो
आभाष खै कस्तो समयको ?
पीडा खातमाथि खात आयो
अनुभूतिको लहर सलबलायो
रोमाञ्चित तरङ्गले मात आयो
जीवनको बोझिलो अध्यायमा
कस्तो अमूर्त यो सौगात आयो
यताको न उताको हेर आज
मझ्धारमा के फसाद आयो ।