गजल-१३८

चोकमान तुम्बापो / एक्रन,ओहायो

मान्छेले नै गाउँदैन गीत मान्छेको
कुरै हुन्न यहाँ भयभीत मान्छेको

जता ततै लुछ चुँडी अनि ताना तान
कैलेबाट गर्ने होला हित मान्छेको

यौटा चड्दा अर्कोचाहीँ तान्ने भए भन
कहाँबाट हुन्छ यहाँ जीत मान्छेको

दिमाग नै नभएर सबै अरुबाटै
भर हुन्न यहाँ संचालित मान्छेको

छाड्दैनन् रे अलकत्र पनि सित्तै पाए
तर पनि घट्दैन रे धित मान्छेको

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *