गजल-१५०

गजलकार

गोविन्द फुयाल
सिकागो, अमेरिका

समय पनि बिती जान्छ गर्छु भन्दा-भन्दै।
एक दिन मृत्‍यु आउछ नै मर्छु भन्दा-भन्दै।

उमङगका लहरहरु सपनाको झलक जस्तो।
बिलाउछ पूर्वतिर सर्छु भन्दा-भन्दै।

अन्मोल यो जीवन रत्न कहाँ फेरि मिल्ला?
अंमर हुने कृति एउटा छर्छु भन्दा-भन्दै।

बाच्ने अनि बचाउने कृषक सोचीसोची।
वर्षा गयो टारी खेत झर्छु भन्दाभन्दै।

Don't have a Facebook account? Please, use the form below with other options!