गजल-१८९
भिम सुवेदी,
अमेरिका
सधैंझै बेलुकीपख नधाए नि बेस हुन्छ
निष्ठुरीलाई माया अब नलाए नि बेस हुन्छ
म बिना तिम्रो घरबार चल्दैन त के भाको छ
सेवक हैन तिम्रो म नदाए नि बेस हुन्छ
चाहना नै छैन भने आँखा किन तर्छौ तिमी
चाहनु नै व्यर्थ अब नचाहे नि बेस हुन्छ
आउँछौ अरे मलाई भेट्न भन्ने कुरो सुन्दैछु म
अर्कै स्वास्नी ल्याएँ मैँले नआए नि बेस हुन्छ