गजल-१८९

भिम सुवेदी,
अमेरिका

सधैंझै बेलुकीपख नधाए नि बेस हुन्छ
निष्ठुरीलाई माया अब नलाए नि बेस हुन्छ

म बिना तिम्रो घरबार चल्दैन त के भाको छ
सेवक हैन तिम्रो म नदाए नि बेस हुन्छ

चाहना नै छैन भने आँखा किन तर्छौ तिमी
चाहनु नै व्यर्थ  अब नचाहे नि बेस हुन्छ

आउँछौ अरे मलाई भेट्न भन्ने कुरो सुन्दैछु म
अर्कै स्वास्नी ल्याएँ मैँले नआए नि  बेस हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *