गजल: १९६

गजलकार

कादम्बरी, अमेरिका

विष रैछौ चाल पाएँ, डसेर गए पछि ,
जहाँ दियौ चोट त्यहिँ, बसेर गए पछि ।

दुखाउन रैछौ आज, हाँस्दै आयौ यो मुटुमा
फाली भयौ सियो बनी, पसेर गए पछि ।

रेट्नसम्म रेट्या रैछौ, छिया-छिया हुने गरी,
होश खुल्यो यो मुटुलाई, धसेर गए पछि ।

के भन्नु र निर्दयीलाई, हाँसी-हाँसी बिदा माग्दै,
छुट्ने बेला अंगालोमा, कसेर गए पछि ।

सुन्दै छु आज-भोलि, तिमी पनि एक्लियौ रे,
अनौठो दल-दलभित्र, फसेर गए पछि ।’

2 Replies to “गजल: १९६”

  1. Dinesh subba

    कादम्बरी जी
    चोट र धोका एकैसात भयो जस्तो लागो !
    सायद यो दुई शब्दहरु परयाबची होला .
    सिर्जना राम्रो लागो धन्यवाद.
    दिनेश

  2. kadambari grg

    धन्यवाद दिनेश जि, हजुरको यो जिज्ञासायुक्त प्रतिकृयाप्रती आभारी छु ।
    चोट र धोकाको जुन महसुस गर्नु भो सृजना मार्फत,यस्को लागी धन्यवाद, याध्पी महसुस गराइ गलत पनि हुन सक्छ कहिले काहि,,जे होस, सृजना मन पराएर जुन प्रतिकृया राखी दिनु भो, यस्को लागी पुन धन्यवाद यहाँलाई ।
    ‘कादम्बरी’

Don't have a Facebook account? Please, use the form below with other options!