गजल-२०२

धर्मिन्द्र तिम्सिना
आइडाहो, अमेरिका

मेरो सानो झुपडी नै मेरो लागि महल लाग्छ
त्यहीं घरमा बस्दा मेरो दु:खपीडा सबै भाग्छ

भन्नेले जे नि भनुन् मेरो सानो संसारलाई
त्यहींबाट मुटुभित्र अस्तित्वको बोट जाग्छ

छ्यान्द्रैछ्यान्द्रा,प्वालैप्वाल भाटाको घर भए पनि
बिहान – बेलुका पेट भर्ने खाना मेरो त्यहीं पाक्छ

बीसौं वसन्त सकिएछ्न् म त्यहाँ बस्दा-बस्दै
कसरी हो झुप्रो छोड्ने सम्झँदा नि मुटु काँप्छ

अष्ट्रेलियन,अमेरिकन भए काका, दाजु, भाउजु
विदेश भन्ने सुन्दा पनि ज्यान मेरो सबै थाक्छ

क,ख,ग,घ तोते स्वरमा मैंले यहीं सिकेको छु
त्यसैले त झुपडीलाई मुटुभित्र मनले राख्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *