गजल – ४७४

अनन्त आचार्य
अस्ट्रेलिया 

दुखेको छ मलाई कहाँ भन्नै सकिनँ ।
बिजेकोछ बेसरी जहाँ भन्नै सकिनँ ॥

मलाई  खोइ  के  भयो खोज्नै सकिनँ ।
कहाँ पोल्छ दुख्छ त्यहाँ भन्नै सकिनँ ॥

जलिदिन्छ भित्र  नै दन्दनी  सबैतिर ।
बनेको छ खरानी वहाँ भन्नै  सकिनँ ॥

भत्भत् पोलेको सधैँ त्यो सहनै सकिनँ ।
घोचेको छ मलाई  ऐहाँ ! भन्नै  सकिनँ ॥

कति गहिरो छ हे! कहाँ प्रेमको घाउ।
कुन औषधी लाऊँ यहाँ भन्नै सकिनँ ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *