गजल: २५३
हातैले क्षितिज छुनु भन्छ कोही-पागल हो
तपाईं नभई मपाईं बन्छ कोही-पागल हो,
पानी झरीसहित आँधी हुरी आएको बेला
हाँस्दै घरबाहिर निस्कन्छ कोही-पागल हो,
मान्छे भएर मान्छेले नमानी नहुने सबै
नीति नियम र लाज-शरम बिर्सन्छ-पागल हो,
कोदो अनि तोरी एउटै भाँड़ोमा मिसाएर
जात छुट्याउन गेड़ा गन्छ कोही-पागल हो,
आँगनमा परेको सानो खाल्डो पुर्नु छ भनेर
मझेरीमा ठूलो खाल्डो खन्छ कोही-पागल हो ।