गजल: २५४
हरि पराजुली-
झापा, नेपाल
मोति हरायो बालुवामा टुकी बालेर के पायौ ?
अन्त नहुने कार्यहरु अब थालेर के पायौ ?
मन भत्काएर जोडी स्वार्थका देवलहरु
फटायौ आफैं जता-ततै अनि टालेर के पायौ ?
सुगन्धित फूल भन्यौ, लगायौ र ओइलाएपछि
दुर्गन्धित भन्दै टोकरीमा फालेर के पायौ ?
तिम्रो सामु धेरै साल शित्तल दीई उभिएपछि
अजंगको बुढो रुख भन्दै ढालेर के पायौ ?