गजल: २५५
डी एन काफ्ले
एड्लेड अस्ट्रलिया
सहिद छोराको लाशमाथि बुवा रो‘को कथा छ याँ
कफिनभित्र लाश आयो बिधुवा रो‘को कथा छ याँ
भ्यागुत्ताले छोडेपछि कुवा रो’को कथा छ याँ
रानिवनको डडेलोमा भूवा रो’को कथा छ याँ
विदेशिए किसान हलो-जुवा रो‘को कथा छ याँ
फलाम उड्न थालेपछि रुवा रो‘को कथा छ याँ
खोला अन्तै सर्यो हिजो, बालुवा रो‘को कथा छ याँ
सहिद छोराको लाशमाथि बुवा रो’को कथा छ याँ
6th April 2011