गजल-३५६
माया भट्टराई
केन्टुकी, अमेरिका
सपना जस्तै बिपनामा मेरो देश देख्न पाउँ
जन्मभूमि भूटानलाई एकचोटी भेट्न पाउँ
बालकैमा छोड्नु पर्यो, आफ्नो जन्मठाऊँ
मर्नु अघि एक पटक मेरो माटो टेक्न पाउँ
झरी, बादल, असिनाले रूझेको यो पल
अझैपनि यो छातीले दुखकष्ट झेल्न पाउँ
सङ्घर्षले जीवन जिउँला, यही आसा बोकी
बालकैमा छोडेको काख फेरि अब हेर्न पाउँ