गजल-२६२

गजलकार
गजलकार

राकेश काफ्ले
बोस्टोन, अमेरिका

जोडिएछ सुन चाँदी फार्नै पर्ने रैछ
बाध्यतामा थोते मकै दार्नै पर्ने रैछ

आँखाबाट आँसु मैंले झार्नु कत्ति सधैँ ?
माया जित्न संसारसँग हार्नै पर्ने रैछ

लागेपछि आगो दिलमा आयुभरि पोल्छ
दन्किएको दिलको आगो मार्नै पर्ने रैछ

रोक्नु हुन्न जीवनरथ पांग्रा हामी चालौं
श्रम गरी माया सुखी पार्नै पर्ने रैछ

मायाभित्र झुट्को खेती गर्नु हुन्न भन्थे
अब अन्तै सत्य माया सार्नै पर्ने रैछ

One Reply to “गजल-२६२”

Don't have a Facebook account? Please, use the form below with other options!