गजल-२६७
शुशिल रेग्मी
ओहियो, अमेरिका
धेरै टाढा छोडी आएँ, मेरो गांउ र माटोलाई
मकै फल्ने,सुन्तोला र अलैंची फल्ने पाटोलाई
निकै माथि सहर देखी, पहाड मुनि मेरो घर
छोड्दै आए, त्यहाँ पुग्ने, घुमौरो त्यो बाटोलाई
कतै बिग्न परी हाले, गाउँ घर र छिमेकमा
टाली छोड्थे, सबै मिली, दु:खको त्यो टाटोलाई
समजदारी गाउँले बिचमा, कतै ठांस-ठुस् परी हाले
फुकाइ छाट्थे, चित्त बुजाइ, दुस्मनको त्यो गांठोलाई
होत साँच्चै सम्झीएर, विगतका ती दिनहरू
कतै चस्स घोचे जस्तै, बसेको त्यो खाटोलाई