गजल-२७१
दुर्गा रिमाल
अल्बरी, अष्ट्रेलिया
देशको माटो शिरमा परोस् चाहिँदैन अरू केही
उनकै काखमा जीवन बितोस् चाहिँदैन अरू केही
जुन ठाउँमा जन्मे हुर्के त्यही ठाउँमा आनन्दले
यो जीवनको अन्त्यस्टि होस् चाहिँदैन अरू केही
सङ्गालेर देशको माया यो मुटुमा सदा-सदा
देशकै सेवा गर्न पाइयोस् चाहिँदैन अरू केही
देश भन्दा ठुलो कुरा केही छैन मेरो निम्ति
स्वर्ग जस्तै देश बनोस् चाहिँदैन अरू केही