गजल-२७५

Albury, Australia

गजलकार
गजलकार

दुर्गा रिमाल
अल्बरी, अष्ट्रेलिया

आवाज मरे आवाजसगैँ, आवाजका झोका मर्छन्
त्यसपछि सारा देशका, निमुखा र भोका मर्छन्

मेरो देशको यो सिमाना, यो निशाना भन्दा भन्दै
छिमेकीले देशै हर्छन् देश बचाउने धोका मर्छन्

जाग्नु पर्छ गाउँ गाउँबाट, पुरै जनता जाग्नु पर्छ
बन्द हुन्छन् देशका नाका, देश छिर्ने ढोका मर्छन्

तिमी बाचे तिमीसंगै, सिङगै देशको सान बाँच्छ
तिमी मरे एकता र राष्ट्र्ीयताको फोका मर्छन्

झन्डा जोगाउँ नेपाली हो, शिर माथिको टोपी जोगाउँ
पहाड मधेस सन्देश बोक्ने, भरिया दाइका डोका मर्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *