गजल-२७८

Albury, Australia

गजलकार
गजलकार

दुर्गा रिमाल
अल्बरी, अष्ट्रेलिया

फैलाउनु छ सारा संसार, बुद्ध नेपालमा जन्मेका हुन्
किन बन्छ सरकार लाचार? बुद्ध नेपालमा जन्मेका हुन् ।

एक पटक लुम्बिनी जाऊँ ऊ जन्मेको गाउँ नै भेट्छौ
अझ कस्तो चाहियो आधार, बुद्ध नेपालमा जन्मेका हुन् ।

विश्वको सान हाम्रो शिर खोस्न लाग्यो हाम्रीबाटै
बोल्नु पर्छ अब अख्तियार, बुद्ध नेपालमा जन्मेका हुन् ।

गोर्खालीको एउटा पहिचान अब गुम्ने खतरामा छ
कलम हुँदै उठाअौँ तरबार, बुद्ध नेपालमा जन्मेका हुन् ।

म उठ्छु तिमी उठ सबै एक साथ आवाज उठाअौँ
अनि गरौँ सबले प्रतिकार, बुद्ध नेपालमा जन्मेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *