गजल-२८०
दुर्गा रिमाल
अल्बरी, अष्ट्रेलिया
हुन्न कहिले यो मन स्थिर मदिराले लठिएपछि
अनि लाग्छ मुटुमा तिर मदिराले लठिएपछि
डुबाउँदा यादहरूले सुन्कोश रुन्छ मानस रुन्छ
अनि रुन्छ खहरे भिर मदिराले लठिएपछि
हुन्छ गफ पिउँदै जाँदा आफ्नै देशको परिवेशको
जहिल्यै झुक्ने गर्छ शिर मदिराले लठिएपछि
हो मेरो देश पहाडभित्र लुकेको छ बादलसगैँ
गर्ने गर्छु यस्तो जिकिर मधिराले लठिएपछि
जब हाम्लाई अन्यय भो ईश्वर पनि चुपचाप बस्यो
त्यही भएर धाउँछु मन्दिर मदिराले लठिएपछि
माया भुल्ने बहानामा हर दिन पिउँछन् मान्छेहरू
मलाई लाग्छ देशको पिर मदिराले लठिएपछि