गजल-२८४
झगेन धिमाल
मेल्बोर्न, अष्ट्रेलिया
काँडा बनी बिझ्छौ किन, फूल मुनि बस्दा पनि
भत्काएरै किच्छौ किन, पुल मुनि बस्दा पनि।।
थाहा भो मैँले भुल गरेँ, तिमीलाई माया गर्नु
मच्छट झैँ खुन चुस्छौ, झुल मुनि बस्दा पनि।
मन्छेको मन कति कठोर हुन सक्दो रैछ कठै
भचाएरै थिच्न खोज्छौ, टूल मुनि बस्दा पनि।
तिमी बाँच, म त आखिर माटोमै मिल्ने भएँ
अझै कुल्च नै छ र बाँकी ? सूल मुनि बस्दा पनि।।