गजल-२८५

Ishwar Prabasi

Current Address:
Salt Lake City, UT. USA
Father/Mother: Pashupati/ Duk Maya Dangal
Originally from: Sarpang, Bhutan
Email: ishwardangal@gmail.com

गजलकार
गजलकार

ईश्वर प्रवासी
अमेरिका

ढाका टोपी शिरमा राखी हाँसेको छु कहिले
राष्ट्रप्रेमको गाथा सुनाई बाँचेको छु कहिले ।

भुल्नु हुन्न जाति धर्म नेपालीको ठुलो कर्म
स्वाभिमानको अमर नाता गाँसेको छु कहिले ।

देश रोए उन्नतिको पहाड चुलिन्छ र कहाँ
सगरमाथा शिखर छाती भित्र टाँसेको छु कहिले ।

चन्द्र सूर्य रहे सम्म, रहनु पर्छ सार्वभौम नेपाल
ताल मिलाई सारंगी र डम्फुसंगै नाचेको छु कहिले ।

भोलिका सन्ततिलाई दिने शिक्षा एकताको
एकएक गरी संगालेर, हृदयमा साँचेको छु कहिले

ढाका टोपी शिरमा राखी हाँसेको छु कहिले
राष्ट्रप्रेमको गाथा सुनाई बाँचेको छु कहिले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *