गजल-२८८

राकेश कार्की
लस् एन्जेलस्
घेरा दिने भित्तो मलाई घरजम मै छु
भीडमा गिलासको स्वादिलो झमझम मै छु
खाली र रित्तो मन ननाचे के भो र
त्यो पाउजुको झन्कारको छमछम मै छु
वाह वाह भन्छन् फ्याँकछन् पैसा हुर्र
हीरा र मोतीको अहा चमचम मै छु
यो भित्र पीडाले नहाँसे के भो र
बाह्य त होहल्ला सहित रमझम मै छु
यस्तै भयो कल्ले र भो एक्लो भन्छ
टिक टिक समयको चालको हरदम मै
[प्रस्तुत गजल “सरीअ” बहर ( SSIS SSIS SSSI) मा लेखिएको गजल हो। गजलकार कार्की अनेसास लस् एन्जेलस् च्याप्टरका उपाध्यक्ष हुन् – सम्पादक]