गजल-२९१
राकेस काफ्ले
बोस्टोन, अमेरिका
कालको निशानी बन्छु होला तिमी फर्किंदा किरण।
जलेर खरानी बन्छु होला तिमी फर्किंदा किरण।
बिर्सिन्छु होला सास फेर्न डुबी आँसु पोखरीमा
दुर्गन्धित पानी बन्छु होला तिमी फर्किंदा किरण।
क्षितिजमा पुगी तडपिन्छु होला नियाल्दै तस्बिरहरू
म नै “बेइमानी” बन्छु होला तिमी फर्किंदा किरण।
उड्छ होला यौवन-बैंस शिरीषको फूल सरी
रित्तो जवानी बन्छु होला तिमी फर्किंदा किरण।
जुनी-जुनी अमर राख्ने कसम त्यो मिठो प्रितको
अपुरो कहानी बन्छु होला तिमी फर्किंदा किरण।