गजल-२९५

गजलकार
गजलकार

देव भण्डारी
नर्थ क्यारोलाइना, अमेरिका

अझै याद छ पर्खाईमा सिम-सिम पानी पर्दै थियो,
पवन पनि कता-कता उनकै खुस्बु छर्दै थियो

चौतारीकै समिपमा डाँफे-मुनाल नाच्दै थिए,
कोइलि पनि कुहु-कुहु प्रितको धुन भर्दै थियो

गोधुली भो’ सिम-सिम पानी सुस्त बढ्दै गयो,
चट्यांग पनि क्षितिज सँग आफ्नै बात गर्दै थियो

झमक्क भो’ अँधेरीमा एक्लै आइछिन उनी,
मुस्कुराउदै छेउमा आउदा मेरो त्रास टर्दै थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *