गजल: २९७

एक्लो उदासी
एड्लेड अस्ट्रलिया
आज फेरि तिम्रै यादमा रुँदैछु है सानु
माफि चाहे तिम्रो तस्वीर छुँदैछु है सानु
हिजो सम्म सम्पूर्ण संसार मेरै हो भन्थें
आज भिड बिच एक्लो हुँदैछु है सानु
फूल बनि सुगन्ध छर्ने थियो सपना ठूलो
तर आज कोपिलामै कुहुँदैछु है सानु
सोच थियो माया गरी जुनिभर ओत दिने
भत्किएको छानोसरी चुहुँदैछु है सानु