गजल-२९८
गोविन्द फुयाल
केनटुकी, अमेरिका
दीर्घ खुसी पाइँदैन किन होला नोट हुँदा।
प्रारब्धको फल फुल्छ कर्म भित्र खोट हुँदा।।
विपरीत दिसा तिर भौँतारिन्छ जिन्दगानी।
रोजे जस्तो नपाएर चोटमाथि चोट हुँदा।।
बेदाग पोको नै छ र दूधले नै नुहाएको।
धोबी दाई मच्चाउँदै पिट्छ सानो घोट हुँदा।।
भाग्य पनि बदलिन्छ संकल्पले दृढ बनी।
मनभित्र लक्ष्य पूरा गर्ने यो अठोट हुँदा।।