गजल-३१२

गजलकार
गजलकार

ईश्वर प्रवासी
युटा, अमेरिका

किनारलाई छोइरहने छाल बनेर गयौ
सास फेर्ने ढुकढुकीको चाल बनेर गयौ ।

पूर्णीमाको जुन रैछौ औंशीमा अस्ताउने
परेली डुबाउने आँसुको ताल बनेर गयौ ।

कस्तो यो मोह बाँड्यौ जुनी भरी नमेटिने
जिन्दगीलाई छोपी रहने जाल बनेर गयौ ।

पलभरको खुसी दियौ मायाले रंगाएर
मर्नु बाँच्नु दोसाँधमा काल बनेर गयौ ।।

किनारलाई छोइरहने छाल बनेर गयौ
सास फेर्ने ढुकढुकीको चाल बनेर गयौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *