गजल-३१३

गजलकार
गजलकार

धर्मेन्द्र तिम्सिना “क्षितिज”
अमेरिका

क्रिस्चियनले भागवत गीतामा दोष नदेखाउनु
लक्ष्मी राधा अनि सीतामा दोष नदेखाउनु

झुठो हो पवित्र बाइबल भनेर हिन्दुहरुले
उनीहरूका परमेश्वर पितामा दोष नदेखाउनु

नारी आमा हुन् चाहे हिन्दु या त मुस्लिम
त्यसैले चेलीको अस्मितामा दोष नदेखाउनु

ईश्वर एक आस्थाको नाम अनेक भन्ने बुझेर
सारा ब्रह्माण्डको रचयितामा दोष नदेखाउनु

सबै धर्मको राम्रो पक्षको अनुसरण गरेकाले
मरेपछि “क्षितिज”को चितामा दोष नदेखाउनु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *